Thursday May 2, 2024
BS 2081 Baishak 21
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

करोडको संख्यामा रहेका आप्रवासीलाई अमेरिकाबाट धपाउन थप फोर्स परिचालन गर्दै ट्रम्प

Feb 24, 2017 under World 513

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहंदै आएका १ करोड २० लाख भन्दा बढि नेपाली सहितका आप्रवासीलाई अमेरिकाबाट धपाउन थप फोर्स परिचालन गर्ने भएका छन् । अमेरिकामा रहंदै आएका कागजविहीन आप्रवासीलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियानलाई सफल बनाउन ट्रम्पले १० हजार ‘फोर्स’ थप्ने भएका हुन् ।

मंगलबार जारी आप्रवासन सम्बन्धी सर्बोच्च निकाय ‘डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटी’ को नयाँ नीतिमा कागज विहीन आप्रवासीबाट हुने अपराधलाई रोकथाम गर्ने, संघीय एवम् स्थानीय सुरक्षाकर्मीको सक्रियतालाई अत्यधिकरुपमा बढाउने, छापा मार्ने र देश निकालाको गतिलाई बढाउनेमा कुरालाई उल्लेख गरिएको छ ।

राजनीतिक शरण खोज्ने आप्रवासीलाई समेत निरुत्साहित गर्ने गरि उल्लेख भएको सो नितीमा नक्कली कागजातको प्रयोग, ट्राफिक उल्लंगनका घटना, अर्कैको ‘सोसल सेक्युरिटी’ नम्बर प्रयोग गरेर रोजगारी लिने जस्ता सामान्य घटनामा संलग्नलाई समेत देश निकालाको प्रक्रियामा राख्ने भएको छ ।

चुनावी अभियानमा कागजविहीन आप्रवासीलाई डिपोर्टेसन गर्ने बताउँदै आएका ट्रम्पले राष्ट्रपति भएसंगै आप्रवासीलाई अमेरिकाबाट हटाउने कुरालाई नै पहिलो प्राथमिकतामा राखेको पछिल्ला गतिवीधीबाट देखिन्छ । तीन साता अघि पनि ट्रम्पले आप्रवासीमाथि कडा रवैयामा प्रस्तुत हुँदै मुस्लिम बाहुल्य रहेका सात देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध एवम् शरणार्थी कार्यक्रम स्थगित गरेका थिए । सो बिषयमा ट्रम्पले ह्वाइट हाउसमा भएको ७६ मिनेट लामो पत्रकार सम्मेलनका क्रममा पनि बोलेका थिए । उनले मुसलमान बाहुल्यता रहेका सात देशका मानिसहरुमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को साता संशोधित निर्णय आउने पनि बताएका थिए । यद्यपी अदालती आदेशले उनले लगाउन खोजेको प्रतिबन्ध कार्यान्वयन हुन पाएन ।

ट्रम्प प्रशासनको आक्रमक नीतिले वैधानिक रुपमा नै अमेरिकामा रहंदै आएका मानिसहरुमा पनि भोली के हुने हो भन्ने चिन्ता देखिदैं आएको छ ।  à¤•à¤¾à¤—जविहीन आप्रवासीलाई लक्षित गरेर आफ्ना धारणा राख्दै आएको ट्रम्प प्रशासनले अमेरिका छिरेको दुई बर्ष भित्र पनि कागज विहीनहरुलाई पक्राउ गर्ने र देश निकालाको प्रक्रिया राख्ने नीति सार्वजनिक गरेको छ । यसअघि अबैधानिक रुपमा सिमानाबाट अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिका प्रवेश गरेको १४ दिन ननाघेको एवम् सिमानाको एक सय माइलभित्र रहेको अवस्थामात्र सिमाना सुरक्षा दस्ताले देश निकालाको प्रक्रियामा राख्न सक्ने नियम थियो ।

त्यस्तै सिमानाबाट प्रवेश गर्नेको हकमा जुन सिमा क्षेत्रबाट अमेरिका छिरेका थिए सोही वाटो हुँदै उनिहरुलाई फर्काउने निति ट्रम्प प्रशासनले उल्लेख गरेको छ । यसअघि सिमानाबाट प्रवेश गर्नेहरु पक्राउ परेपनि, धरौटी तिरेपछि बन्दी गृहबाट रिहा हुँदै अवैधानिकरुपमै भएपनि अमेरिकी श्रम बजारमा काम गर्दै आएका थिए ।

ट्रम्प राष्ट्रपति भएयता दिनहुँ जसो उनका नयाँ-नयाँ समाचार प्रकासित हुँदै आएकोमा सबैभन्दा बढि ट्रम्पको नितिले आप्र्रवासीहरुलाई अमेरिकामा हुन सक्ने समस्या र यसवाट आप्रवासीमा थपएिको त्रासदीका समाचार प्रमुख बनेका छन् । मंगलवार जारि भएको निति पछिल्ला केही दशकयताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ ।

brtnepal.com
No news.
Australian Dollar to Nepalese Rs